‘बिग बोस ११’ मा ड्रामा, फाइट, इगो सबैले हेर्दै आइरहेका छौ । तर यो सबै गर्नेको लागी भने बिग बोसले प्रतिस्प्रर्धीलार्इ मोटो रकम पाउने गर्दछन् । भारतीय संचारमाध्यमको अनुसार बिग बोसकी प्रतिस्प्रर्धी हिना खान यस सिजनकी महंगी प्रतिस्प्रर्धी हुन् । उनले एक हप्ताको लागी ७ देखि ८ लाख रुपैयाँ लिने गरेकी छन् । हिना ‘ये रिश्ता क्या कहलाता है’को अक्षरा पात्रबाट चर्चित छिन् । उनले ‘खतरो के खिलाडी’ सिजन ८ मा समेत सहभागी भएकी थिइन् । हिना जस्तै अर्का प्रतिस्प्रर्धी हितेन तेजवानीले हरेक हप्ता ७ देखि ७.५ लाख पाउदै आइरहेका छन् । उनी ‘पवित्र रिश्ता’ नामक सिरियलबाट चर्चित छन् ।त्यस्तै शिल्पा शिन्देले हरेक हप्ता ६ देखि ७ लाख सम्म लिन्छन् । उनी ‘भाबिजी घर पे है’ नामक सिरियलमा अंगुरी भावीको भूमिकामा देखिएकी छिन् । बिग बोसका अर्का प्रतिस्प्रर्धी विकास गुप्ता कन्ट्रोभर्सीका राजा हुन् । उनले हरेक हप्ता ६ देखि ६.५ लाख सम्म पारिश्रमिक पाउने गर्दछन् । ‘प्यार तुने क्या किया’, ‘ये है आशिकी’मा काम गरेका उनी सिरियलका प्रोडुसर र राइटर समेत हुन् । प्रियंक शर्माले हरेक साता बिग बोसबाट ४ देखि ५ लाख पाउने गर्दछन् । ‘रोडिज राइजिङ’ र ‘स्प्लिट्स भिल्ला’मा देखिएका प्रियंक गत साता बिग बोस घरबाट केही दिनको लागी बाहिरिएका थिए ।