हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको भिडियो सार्वजनिक गरिएको छ। रिमेक भर्सनमा गायक शंकर श्रेष्ठ र गायिका अन्नु चौधरीको स्वर रहेको छ। ३३ बर्ष अघि निर्माण भएको फिल्म ‘चिनो’ मा समाबेस ‘तिम्रो मनमा लुकेको कुरा’ लाई गायक नारायण गोपाल र गायिका आशा भोष्लेले स्वर दिएका थिए। गीतमा रन्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रचना रहेको छ।
सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा भुवन केसी,शर्मिला मल्ल,सुरविर पण्डित, शिशिर भण्डारी,शंकर श्रेष्ठ,अश्विनी शाहीको अभिनय रहेको छ। भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन र दिन्सन शाहले सम्पादन गरेका छन्। भिडियो सार्वजनिक कार्यक्रममा शिशिर भण्डारीको लेखन तथा निर्माणमा बन्ने सामाजिक वेब सिरिज 'फोटो फिरिम'माको औपचारिक घोषणा पनि गरिएको थियो। सिरिजलाइ सन्तोष राजबाहकले निर्देशन गर्नेछन्।