बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा है’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरसँगै चलचित्र रिलिज डेट पनि सार्वजनिक भएको छ । अब टाइगर जिन्दा है डिसेम्बर २२ तारिकमा रिलिज हुने छ । यस अघि सार्वजनिक भएको पोस्टरमा सलमानलाई एक्लो थिए भने दोस्रो पोस्टरमा सलमानको साथमा कैटरिना कैफ पनि अटाएकी छिन् । अव्वास जाफरले निर्देशन रहेको चलचित्रको पोस्टरमा सलमान र कैटरिनालाई पावरफुल लुक्समा देखाइएको छ ।