आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनित चलचित्र ‘सानो मन’ को पहिलो गीत ‘रानु कम्मर’ सार्वजनिक भएको छ ।
गायिका मेलिना राई र गायक हरि लम्सालको स्वर रहेको गीत ‘परानै दिन्छु’ सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा भिडियो सहित सार्वजनिक भएको गीतमा प्रल्हाद शाहको शब्द रहेको छ भने हरि लम्सालको संगीत रहेको छ ।
नेपाल आइडल सिजन २ का पहिलो गेल्डेन माइक पाउने प्रतियोगी मिनराज पौडेल र कृशल कंडेलको आवाज रहेको गीत ‘बरिलै…’ सार्वजनिक भएको छ । गितमा नृपेश उप्रेतीको शब्द तथा संगीत रहेको छ भने भिडियोमा कृशल र मिनराज तथा करिश्मा ढकाल फिचर्ड छ्न् ।
रामकृष्ण श्रेष्ठ र जेनी खालिङको स्वर रहेको गीत 'रसिलो' सार्वजनिक भएको छ । दीपक शर्माको सङ्गीत रहेको गीतलाई डि.बि परीश्रमीले लेखेका हुन् ।
स्वतन्त्रता सबैलाई प्यारो हुन्छ भन्ने भाव बोकेको गीत ''स्वतन्त्र'' सार्वजनिक भएको छ । मजदुर दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतलाई हेमन्त शर्माले गाएका हुन् ।
रिसाउँदा फकाउने प्रेमी हुनु अनि बेला बेला हाँसिमजाक हुनु जत्तिको सुन्दर के नै हुन्छ र ? वास्तविक जिवनमा यो कती को जिवनमा लागु होला कती को नहोला तर यही भाव अनि प्रस्तुती भएको ''चाउचाउ गीत ' सार्वजनिक भएको छ ।
भारतका चर्चित पार्श्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो यूट्युब मार्फत सार्वजनिक भएको छ । 'फूल भए जिन्दगी', 'यो दुई थोपा आँशु', 'म त अब रिसाउँछु' लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर दिइसकेका सानुले लामो समयपछी नेपाली गीतमा आवाज दिएका हुन् ।
सुजन मिकल श्रेष्ठ र प्राश्ना शाक्यको आवाज रहेको म्युजिक भिडियो ''सिम्पल सिम्पल नानी'' सार्वजनिक भएको छ । कमल खत्रीको सङ्गीत रहेको गीतलाई नरेश भट्टराईले लेखेका हुन् ।
नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका मेलिना राइको गीत 'दुइ कौडिको बुद्धि' सार्वजनिक भएको छ । इट्टाघरेको शब्द रहेको गीतको सङ्गीत भिम बिसी र केदार पौडेलले दिएका हुन् ।
गायक युवराज चौलागाँई र अनुस्का पाठकको गीत 'लटरपटर' सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा दिपर शर्माले सङ्गीत दिएका छन् ।