यतिबेला बलिउडमा साहिद कपुरको चर्चा निकै माथी पुगेको छ । उनि अभिनित चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा तहल्का त मच्चाइरहेकै छ साथमा साहिदको अभिनयको तारिफ निकै भएको छ । ‘कबिर सिंह’ले पाँचौ दिनसम्म आइपुग्दा सय करोड कमाई गर्न सफल भएको छ । साहिदले यो चलचित्रबाट फेरि एक पटक आफुलाई प्रमाणित गरेका छन् । यसअघि उनी अभिनित केही चलचित्रले सय करोड कमाए पनि यो चलचित्र साहिदको सय करोड कमाउने पहिलो सोलो चलचित्र हो । शुक्रबार २०.२१ करोड, शनिबार २२.७१ करोड, आइतबार २७.९१ करोड, सोमबार १७.५४ करोड व्यापार गरेको चलचित्रले मंगलबार १६.५३ करोडको कमाई गर्दै चलचित्रले सय करोड बढी कमाइ गरेको छ । चलचित्रले २ सय करोडको व्यापार सजिलै गर्ने देखिन्छ । २०१९मा सलमानको 'भारत' पछी सय करोड कमाउने दोस्रो चलचित्रको रुपमा 'कबिर सिंह'ले नाम लेखाएको छ । चलचित्रलाई सन्दीप रेड्ड्री भाङ्गाले निर्देशन गरेका हुन् ।