बलिउड नायिका मलाइका अरोरा खान र नायक अर्जुन कपुर यति बेला अर्जुनको ३४औँ जन्मदिन मनाउने क्रममा न्युओर्कमा छन् । यी दुईको प्रेम सम्बन्धको चर्चाले बलिउड तातेको पनि धेरै समय भैसकेको छ । तर औपचारिक रूपमा दुवैले प्रेम भने स्वीकार भने गरेका थिएनन् । सार्वजनिक कार्यक्रममा एकसाथ उपस्थित भए पनि एक अर्काको नजिक छन् भन्ने नदेखाउन उनीहरू प्रयास गरिरहन्छन् । यसैबिच बुधवार जन्मदिन मनाएका अर्जुनलाई मलाइकाले प्रेम अभिव्यक्त गर्दै शुभकामना दिएकी छिन् । आफ्नो प्रेम स्वीकार गर्दै उनले एक अर्काको हात समातेको र निकै प्रेमिल तस्बिर सार्वजनिक गरी "मेरो पागल, मजाकिया र अद्भुत अर्जुन कपुरलाई जन्मदिनको शुभकामना, प्यार तथा खुसी सधैँको लागी " भन्ने क्याप्सन राखेकी छिन् ।
उनीहरूले यसरी दुईको तस्बिर सार्वजनिक गरेको पहिलो पटक हो । अर्जुनसँगको प्रेमका कारण नै मलाइकाले अरवाजलाई डिभोर्स दिएको भारतीय मिडियाले उल्लेख गर्दै आएका छन् । लामो समयको उनीहरूको सम्बन्धलाई मिडिया र दर्शकको प्रेमको सम्मान गर्दै सार्वजनिक गर्ने तयारी रहेको अर्जुनले कएही समय अघि एक अन्तर्वार्तामा उल्लेख गरेका थिए ।