बलिउडको प्रतिष्ठित एवं सम्मानजनक 'इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा)' को आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका सह-आयोजक रहने गरी अवार्ड समारोह हुन लागेको हो । आइफाको २० औँ संस्करणको आयोजना बारे असार ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । नेपाल पर्यटन बोर्डले पर्यटन वर्ष २०२० लक्षित गरी अवार्ड समारोहको नेतृत्व लिएको श्रोतले जनाएको छ । सन् २००० बाट सुरु गरिएको यो अवार्ड समारोहको पछिल्लो संस्करण थाइल्यान्डमा भएको थियो ।