सफल मानिएका चलचित्रको सिक्वेल निर्माण गर्नु पछिल्लो समय ट्रेण्ड नै बनिसकेको छ । नयाँ नाम र नयाँ ब्यानरमा चलचित्र बनाउँदा चलचित्र चल्ने नचल्ने कुनै टुङ्गो नहुने र ठुलो लगानी सुरक्षित गर्न पनि लकमा भर पर्नु पर्ने यथार्थलाई मध्य नजर गर्दै चलचित्र निर्माताले दर्शकले विश्वास गरेको ब्यानर र नाममा पुन: काम गर्ने क्रम पछिल्लो समय निकै मौलाएको छ । यसैबिच सफल बलिउड चलचित्र ‘भुल भुलैया’को सिक्वेल बन्ने खबर केही पहिल्यै सार्वजनिक भएको हो । सिक्वेल निर्माणको खबर सँगै कलाकारको विषयलाई लिएर निकै चर्चा चलिरहेको थियो । यसै बिच चलचित्रका लागि नायक कार्तिक आर्यन पक्का भएको खबर आएको छ ।
हालै चलचित्र ‘लभ आजकल २’को छायाङ्कन पनि सक्काएका कार्तिक पछिल्लो समयका रुचाइएका र व्यस्त कलाकार हुन् । भूषण कुमारले निर्माण गर्ने चलचित्रको यति बेला धमाधम स्क्रिप्टमा काम भइरहेको छ । साथमा चलचित्रको लागी अन्य कलाकार पनि फाइनल भइसकेका छन् तर निर्माण पक्षले सार्वजनिक गरेको छैन ।