अमेरिका तथा भारत लगायत देशहरूमा आजबाट प्रदर्शनमा आएको विश्वले प्रतीक्षा गरेको हलिउड फिल्म 'स्पाइडरम्यानः फार फ्रम होम' को ललितपुरको लबिम मलमा प्रिमियर गरिएको छ । नेपाली चलचित्रका कलाकार, मिडियाकर्मी र केही दर्शकको उपस्थितिमा सम्पन्न प्रिमियरको सोनी पिक्चर्स र एप्पल इन्टरटेन्मेन्टले आयोजना गरेको हो । चलचित्रमा टम हल्यान्ड, स्यामुअल एल ज्याक्सन, जेनेड्या, ज्याक गिलेनहाल लगायतको अभिनय रहेको चलचित्रले नेपालमा पनि राम्रो व्यापार गर्ने देखिन्छ ।

'स्पाइडरम्यानः फार फ्रम होम' को नेपाल प्रिमियर 'स्पाइडरम्यानः फार फ्रम होम' को नेपाल प्रिमियर 'स्पाइडरम्यानः फार फ्रम होम' को नेपाल प्रिमियर 'स्पाइडरम्यानः फार फ्रम होम' को नेपाल प्रिमियर 'स्पाइडरम्यानः फार फ्रम होम' को नेपाल प्रिमियर

हलिउड क्रिटिक्सले यस चलचित्रलाई राम्रो प्रतिक्रिया दिएसँगै विश्वभर उत्साहजनक तरिकाले व्यापार गरिरहेको छ । यध्यपी गत साता चीनसहितका केही एसियाली राष्ट्रमा रिलिज भएको 'स्पाइडरम्यानः फार फ्रम होम' अनलाइनमा लिक भइसकेको छ । जसले गर्दा व्यापारमा केही ह्रास आउने अनुमान लगाउन सकिन्छ तर लिक भएको फिल्म पुरा भने नभएको बताइएको छ ।