बलिउडको एक्सन प्रधान चलचित्र ‘धाकड’को पोस्टर सार्वजनिक भएको छ । बलिउडकी मल्टी ट्यालेन्ट अभिनेत्रीको रूपमा आफ्नो पहिचान बनाइसकेकी कङ्गना रनावतको मुख्य भूमिका रहने चलचित्र अर्को वर्षदेखि छायाङ्कनमा जाने बताइएको छ । कङ्गनाले एक्सन पोस्टर सार्वजनिक भएसँगै आफ्नो जिम्मेदारी बढेको बताएकी छिन् । आफ्नो करीयार कै अर्को महत्त्वपूर्ण चलचित्र रहेको र समग्र बलिउडकै लागी पनि महत्त्वपूर्ण फिल्म 'धाकड' रहेको उनको भनाइ छ । फरक फरक जनराको चलचित्रमा फरकधारको अभिनय गर्न माहिर अभिनेत्रीको रूपमा बलिउडमा कङ्गनालाई लिइने गरिन्छ ।
अर्को वर्षको दिवालीमा रिलिज हुने गरी चलचित्रको काम हुने खबर बाहिरिएको छ । चलचित्रलाई रजनीश ‘राजी’ घईले निर्देशन गर्नेछन् । यति बेला कङ्गना अभिनीत चलचित्र 'जज मेन्टल हे क्या' को ट्रेलर सार्वजनिक भएको छ जसमा राजकुमार राव को पनि अभिनय रहेको छ । यति बेला उक्त ट्रेलरले दर्शकको मन जितिरहेको छ ।