बलिउड अभिनेता अक्षय कुमार 'फोर्ब्स'को संसारभरका एक वर्षमा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूचीमा परेका छन् । यस पटक अभिनेता सलमान खान, अमिताभ बच्चन, शाहरुख खान लिस्टबाट बाहिरिएका छन् भने अक्षयले गत वर्ष कूल कमाई ६५ मिलियन डलर कमाइ गरेको फोर्ब्सले जनाएको छ । उनानी रिहाना, ज्याकी च्यान, ब्रेडली कूपर, स्कारलेट जोनसनजस्ता कलाकारलगायत हलिउडका थुप्रै सुपरस्टारलाई समेत पछाडि पार्दै ३३औँ नम्बरमा छन् ।
गायिका टेलर स्विफ्टले पहिलो स्थान हासिल गरेकी छिन्, दोस्रो नम्बरमा काइली छिन् भने कान्ये वेस्ट तेस्रो र अर्जेन्टिनाका चर्चित फुटबलर लियोन मेसी चौथो स्थानमा छन् । यति बेला अक्षय बलिउडका सबै भन्दा व्यस्त अभिनेता हुन् । उनी अभिनीत नयाँ फिल्म 'मिशन मंगल' १५ अगस्टमा रिलिज हुँदैछ ।