२ अक्टोबरमा रिलिज हुने बलिउड फिल्म 'वार'को टिजर सार्वजनिक भएको छ । ऋतिक रोशन र टाइगर श्रोफ स्टारर चलचित्रको टिजरमा यी दुई बिचको युद्ध देखाइएको छ । बलिउडमा नृत्यको लागी धेरै पहिल्यै देखी उत्कृष्ट मानिएका र अभिनयले पनि दर्शकको मन जितिसकेका ऋतिक रोशन र पछिल्लो समयमा नृत्य अनि अभिनयलाई लिएर राम्रो प्रतिक्रिया पाइरहेका टाइगर श्रोफ बिचको युद्धले चलचित्रमा पक्कै पनि केही फरक स्वाद पस्कनेछ भन्ने अनुमान सजिलै लगाउन सकिन्छ । टिजरमा मुख्य अभिनेत्री वाणी कपुरलाई पनि स्थान दिइएको छ । यशराज फिल्मसको प्रस्तुति ‘वार’सिद्धार्थ आनन्दको वर्षकै प्रतीक्षित चलचित्र बन्ने भएको छ ।