एउटा सफल कलाकारको लागी उत्कृष्ट चलचित्रको जति महत्त्व हुन्छ उति नै महत्त्व उसले निभाउने भूमिका महत्त्वपूर्ण हुन्छ । कलाकारले चलचित्रमा साइन गर्नु अघि आफूले निभाउने भूमिकाले आफूलाई कतिसम्म बचाउँछ भन्ने कुरा पटक पटक सोच्नु पर्ने हुन्छ । र त एउटै भूमिकाले कलाकारलाई जीवन भर चिनाउने नाम दिन्छ । बलिउड अभिनेता ऋतिक रोशनले यही प्रसङ्गलाई जोड्दै प्रदर्शन भइरहेको चलचित्र 'सुपर ३०'को बारेमा आफ्नो विचार राखेका छन् । उनी अभिनीत यस चलचित्रले उनलाई चिन्ने नयाँ नाम दिएको छ । उनी आफूले रोजेको चलचित्रसँग यती सन्तुष्ट छन् कि एक अन्तर्वार्तामा ऋतिकले 'मार्ने नै धम्की आएको भए पनि म यो चलचित्र छोड्दिन थे' भनेका छन् । यति बेला चलचित्रले दर्शकको मनमा गहिरो छाप छोडिरहेको छ ।
गणितिज्ञ आनन्द कुमारको जीवनमा आधारित चलचित्रमा कसरी उनको सहयोग र साथले सुविधा र पहुँच नपुगेका निम्न वर्गका विद्यार्थीले सफलता हासिल गरे भन्ने देखाइएको छ । ऋतिकले आनन्द कुमारको भूमिका निभाएका छन् । ऋतिकले चलचित्रले आफ्नो मन छोएको कारण नै काम गर्ने तयारी भएको उक्त अन्तर्वार्तामा भनेका छन् । उनका अनुसार चलचित्रको कथा अनि आफ्नो भूमिकाले उनीमा गहिरो छाप छोडेको छ र त गोली मार्ने धम्की आउँथ्यो भने पनि पछि नहट्ने उनी दाबी गर्छन् ।