अभिनेत्री सोनाक्षी सिन्हाको फिल्म ‘खानदानी शफाखाना’ आस गरिएको चलचित्रमा पर्छ । यही शुक्रवार देखी प्रदर्शनमा आएको यस चलचित्रले अपेक्षा गरिए अनुरूप व्यापार गर्न सफल भएन । प्रदर्शनको पहिलो दिन चलचित्रले घरेलु बजारमा एक करोड बराबराको मात्र व्यापार गर्‍यो । चलचित्रमा सोनाक्षी एक सेक्सोलोजिस्टको भूमिकामा देखिएकी छिन् उनी खानदानी शफाखाना नामको सेक्स क्लिनिक चलाउँछिन् । चलचित्रले हरेक ठाउँमा यौन समस्या हुन्छन् तर यसलाई बाहिर ल्याइएको हुँदैन जस सम्बन्धी खुल्ला बहस आवश्यक छ भन्ने सन्देश दिन खोजेको छ । तर फरक विषय उठाए पनि कथालाई अझ विस्तृत रूपमा देखाउन नसकिएको कारण पनि चलचित्रले बक्स अफिसमा सन्तोषजनक व्यापार गर्न नसकेको समीक्षक हरूले बताएका छन् ।

यस चलचित्रका साथमा कंगना रनावत र राजकुमार राव अभिनीत 'जज मेन्टल हे क्या' पनि प्रदर्शन भइरहेको तर यसले पनि औसत व्यापार गरिरहेका कारण विक डेज मा 'खानदानी सफाखाना'ले राम्रो कमाइ गर्ने अनुमान ट्रेण्ड एनालिस्टहरुले गरेका छन् । चलचित्रमा बादशाह, वरुण शर्मा, अन्नू कपूर लगायतको अभिनय रहेको छ भने शिल्पी दासगुप्ताले निर्देशन गरेकी हुन् ।