कालाकारको प्रेम सम्बन्ध जति चर्चामा आउँछ उति नै टिकाउ नहुने विश्वास सबैमाझ छ । चाहे हलिउड होस् कलीउड या बलिउड । केही समय एक जनासँग डेट गरेका कलाकारको कति बेला ब्रेक अपको खबर आउने हो टुङ्गो हुँदैन । तर सबै कलाकारको सम्बन्ध भने उस्तै हुँदैन । यस्ता केही कलाकार छन् जसको लामो समयको प्रेम सम्बन्ध पछि वैवाहिक सम्बन्धमा बाँधिएका छन् र उनीहरूलाई निकै आदर्श जोडीको रूपमा सम्मान गरिन्छ । बलिउडका अभिनेता रितेश देशमुख र जेनेलिया डिसूजाको जोडी उनै आदर्श जोडीको उदाहरण हो । दश वर्ष लामो प्रेम सम्बन्ध पछि यो जोडी २०१२मा विवाह बन्धनमा बाँधिएको थियो । उनीहरूलाई बलिउडमा आदर्श जोडीको रूपमा लिइन्छ । उनै जेनेलिया डिसूजाको अगस्ट ५ सोमबार जन्मदिन परेको थियो । आफ्नी श्रीमतीको जन्मदिनमा रितेशले निकै प्रेमिल र भावना मिश्रित शुभकामना सन्देश आफ्नो सामाजिक संजालामा पोस्ट गरेका थिए । उनको यो ३२औँ जन्मदिन हो ।
रितेशले जेनेलियालाई आफ्नो परिवार जोड्ने न्यानो काख सम्बोधन गर्दै प्रेम पोखेका छन् । उनले भनेका छन् कि जब दुई मिल्ने साथी एक आपसमा सँगै बाँच्ने साथी बन्छ तब जिन्दगी निकै सरल र रमाइलो हुन्छ । उनले जेनेलियामा एक असल आमाको छाँया पाउने पनि लेखेका छन् । यी दुईले चलचित्र 'तुझे मेरी कमस' मा एकसाथ डेब्यु गरेकाअ थिए । यही चलचित्रको दौरानमा दुई एक अर्काको प्रेममा परेका थिए ।