केही दिन अघि बलिउड अभिनेत्री दीपिका पादुकोण र उनका पूर्व प्रेमी रणवीर कपुर एकै चलचित्रमा काम गर्न लागेको खबर बाहिरिएको थियो । धेरै चलचित्रमा एकसाथ स्क्रिन सेयर गरेर दर्शकको मन जितेको यो जोडिलाई एउटै स्क्रिनमा देखिने खबरले उनीहरूका फ्यानहरूमाझ उत्सुकता बढिरहेको थियो तर एकाएक उनको यो निर्णयमाथि दीपिकाका फ्यानहरूले असन्तुष्टि व्यक्त गर्न थाले । किनकि उनी मिटू आरोप लागेका लभ रञ्जनको चलचित्रमा काम गर्ने भएकी थिइन् । यसै बिच भोग म्यागजीनलाई दिएको अन्तर्वार्तामा दीपिकाले आफू कुनै पनि यौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिसँग काम गर्न नसक्ने बताएकी छिन् । उनको यो अभिव्यक्ति अनुसार उनी यौन दुर्व्यवहार हारको आरोप लागेका रञ्जनसँग काम नगर्ने बुझिन्छ ।

उनको यो अभिव्यक्तिलाई उनका समर्थकले निकै प्रशंसा गरिरहेका छन् । उनले आफू रञ्जनसँग काम नगर्ने त इङ्गित गरेकी छैनन् तर यसबाट उनी आफ्नो निर्णयमा पुगिसकेको बुझ्न सकिन्छ । दीपिकाले भर्खरै चलचित्र 'छपाक'लाई बिट मारेकी छिन् जसमा उनले एक एसिड आक्रमणमा परेकी युवतीको भूमिका निभाएकी छिन् ।