पुष्कर गायत्रीको तमिल चलचित्र 'विक्रम वेदा'को रिमेक हुने भएको छ । पछिल्लो समय रिमेक गरिएका चलचित्रले प्रशस्त सफलता कमाइरहेका बेला 'विक्रम वेदा'को रिमेकको खबर बाहिरिएको हो । चलचित्रको हिन्दी रिमेकमा अमिर खान र सैफ अलि खानको मुख्य भूमिका रहने चर्चाले बलिउडमा तरङ्ग फैलिएको छ । सफल तमिल चलचित्रको रिमेकमा सेफ र अमिर जस्ता सफल अभिनेता फाइनल हुने हल्लाले दर्शकमा कौतुहलता त बढ्ने नै भयो पछिल्लो समय रिमेकको सफलतालाई यसले धान्न सक्ला कि नसक्ला भन्ने प्रश्न पनि उठ्न थालेको छ । यति बेला निर्माण टिम चलचित्रको निर्माणको लागी जुटेको छ भने हिन्दी रिमेकलाई पनि पुष्कर गायत्रीले नै निर्देशन गर्ने पक्का भएको छ ।
क्राइम थ्रिलर जनरामा बनेको यस फिल्मको तमिल भर्सनमा चर्चित अभिनेता आर माधवन र विजय सेथुपथीको मुख्य भूमिका रहेको छ । रिलायन्स इन्टरटेनमेन्ट र निरज पाण्डेले संयुक्त लगानीमा निर्माण हुने फिल्मका लागि सेफ र अमिर सकारात्मक रहेको बलिउड मिडियाले लेखेका छन् ।