निर्देशक डेभिड धवनको ४५औँ फिल्म ‘कुल्ली नम्बर १’ को फस्ट लुक सार्वजनिक भएको छ । ९० को दशकको हिट फिल्म ‘कुल्ली नम्बर १’को रिमेकमा वरुण धवन र साराअली खानले मुख्य भूमिका निर्वाह गर्दै छन् । २०२० को मे मा रिलिज हुने यस चलचित्रको ओरिजिनल भर्सनमा गोविन्दा र करिश्मा कपुरको मुख्य भूमिका थियो । सार्वजनिक फस्टलुकमा वरुण र साराको रोमान्टिक अवतारका साथै वरुणको कमेडी अवतार पनि देख्न सकिन्छ ।

गत साताबाट थाइल्याण्डबाट छायाङ्कन सुरु भएको यस चलचित्र वरुणले आफ्नो पितासँग सहकार्य गरेको यो तेस्रो चलचित्र हो । साथमा वरुण र साराले भने पहिलो पटक स्क्रिन सेयर गर्दै छन् ।