बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘मिसन मङ्गल’ बिहीबारबाट विश्व भर एकसाथ प्रदर्शनमा आएको छ । भारतको स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको यस चलचित्रले बम्पर ओपनिङ गर्न सफल भएको छ । फिल्मले २९. १६ करोडको ओपनिङ गर्दै अक्षय कुमारको करिअरकै सबैभन्दा ठुलो ओपनिङ गर्ने चलचित्र बनेको छ । बिहीबार भारतमा राष्ट्रिय बिदा परेकाले पनि चलचित्रलाई दोहोरो फाइदा पुगेको हो ।

भारतले मङ्गल ग्रहमा रकेट पठाउन गरेको मिहिनेत र असम्भव मानिएको कुरालाई सम्भव बनाएको कथा चलचित्रमा समावेश छ । चलचित्रमा अक्षयका साथमा विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ छ । ‘मिसन मङ्गल’ लाई जगन शक्तिले निर्देशन गरेका हुन् ।