बलिउड अभिनेता सैफ अली खानको आज जन्म दिन परेको छ । शर्मिला टेगोर र मंसूर अली खान पटौदीका छोरा सैफ अलि आफ्नो ४९औँ जन्मदिन मनाइरहेका छन् । १९९३मा फिल्म 'परम्परा'बाट बलिउडमा डेब्यु गरेका उनले १९९१मा बलिउड अभिनेत्री अमृता सिंहसँग पहिलो विवाह गरेका थिए । सैफ भन्दा १२ वर्ष जेठी अमृतासँगको वैवाहिक जीवन लामो समय टिक्न सकेन र २००४मा उनीहरू छुट्टिएका थिए । अहिले अमृताकी छोरी सारा अली खान बलिउडमा नव अभिनेत्रीको रूपमा चर्चामा छिन् भने यता सैफ पनि फिल्मी दुनियाँमा आफ्नो स्थान अझै उही नाम र सम्मानका साथ चर्चामा नै छन् ।

यति बेला सैफ बलिउड अभिनेत्री करिना कपुरसँगको वैवाहिक जीवनमा खुसी छन् साथमा उनीहरूका छोरा तैमुर सहित फिल्म जवानी जानेमनको सुटिङका लागी अमेरिकामा छन् । सैफ यति बेला 'सेक्रेड गेम्स २'लाई लिएर चर्चामा छन् ।