आइफा अवार्डको २० औँ संस्करण नेपालमा आयोजना हुने खबरले सम्पूर्ण मिडिया लगायत कलिउड तातेको थियो । तर चौतर्फी विरोध र कलाकार समेतको असन्तुष्टिले सरकार यो निर्णयबाट पछि हट्न बाध्य भयो । सन् २००० बाट सुरु गरिएको यो अवार्ड समारोहको पछिल्लो संस्करण थाइल्यान्डमा भएको थियो । नेपालले आयोजना नगर्ने भएपछि आइफाको २०औँ संस्करण भारतमा नै आयोजना हुने भएको छ । आगामी सेप्टेम्बरमा मुम्बईमा हुने अवार्ड कार्यक्रमका लागी तयारी सुरु भएको भारतीय मिडियाले लेखेका छन् ।