२००७मा रिलिज भएको अक्षय कुमार अभिनीत चलचित्र 'भुल भुलैया' को सिक्वेल बन्ने भएको छ । कॉमेडी तथा साइकोलॉजिकल थ्रिलर चलह्कित्र 'भूल भुलैया'को कथा अगाडी बढाउन कार्तिक आर्यनको इन्ट्री भएको छ । अनीस बज्मीको निर्देशन रहने दोस्रो भागमा पहिलो भागमा अक्षयले निभाएको डाक्टरको भूमिका आर्यनले निभाउने छन् । यसका साथै कार्तिकको अपोजिट रोलमा सारा अलि खान लाई लिइने चर्चा बलिउडमा चलिरहेको छ । यो चलचित्र समेत गरेर आर्यनले प्रोड्यूसर भूषण कुमारसँग काम गरेको तेस्रो पटक हो । दर्शकको मन जितेको 'भुल भुलैया'को दोस्रो भाग बन्ने खबर सँगै यसको प्रतीक्षामा रहेका दर्शक उत्साहित बनेका छन् । अघिल्लो भागको अक्षय र विद्या बालनको ठाउँ कार्तिक र साराले लिन सक्लान् त ?