अक्षय स्टारर ’मिसन मंगल’ र जोन स्टारर ’बटला हाउस’ यति बेला जोडतोडका साथ प्रदर्शन भइरहेका छन् । भारतको स्वतन्त्रता दिवसको उपलक्ष्य पारेर रिलिज भएका यी दुई चलचित्र मध्ये कसले बाजी मार्ला भन्ने दर्शकमा कौतुहलता सबैमा थियो । यो पाली बाजी अक्षयले मारेका छन् अर्थात् 'मिसन मंगल'लाई दर्शकले बढी साथ दिएका छन् । बुधवारसम्मको व्यापार अनुसार अक्षयले जोनलाई दुई गुणाले जितेका छन् । ’मिसन मंगल’ले ६ दिनमा १ सय १४ करोड माथिको व्यापार गर्दा बाटला हाउसले ५७ करोड ८२ लाख मात्रै कमाइ गर्न सफल भयो । पहिलो दिन बिहीबार २९ करोड १६ लाखको ओपनिङ गरेको ‘मिसन मंगल’ले शुक्रवार १७ करोड २८ लाख, शनिवार २३ करोड ५८ लाख कमायो यसै गरी आइतबार, सोमबार र मङ्गलवार क्रमशः २७ करोड ५४ लाख, ८ करोड ९२ लाख र ७ करोड ९२ लाख कमाउन सफल भयो ।

यसै गरी पहिलो दिन १५ करोड ५५ लाखको ओपनिङ गरेको ’बटला हाउस’ले शुक्रवार ८ करोड ८४ लाख, शनिवार १० करोड ९४ लाख कमायो भने आइतबार, सोमबार र मङ्गलवार क्रमशः १२ करोड ७० लाख, ५ करोड ५ लाख र ४ करोड ७८ लाख कमायो । मिसन मंगलको तुलनामा कम व्यापार गरे पनि बटला हाउसको कमाइ कमजोर नभएको बलिउड समीक्षकहरूले बताएका छन् ।