नेटफ्लिक्सको आगामी सिरिज 'बार्ड अफ ब्लड'को ट्रेलर सार्वजनिक भएको छ । इमरान हाश्मीको मुख्य भूमिका रहेको यस सिरिजलाई शाहरुख खान को प्रोडक्शन कम्पनी रेड चिलीज ले निर्माण गरेको हो । ऋभुदास गुप्ताले निर्देशन गरेको यस सिरिजमा पाकिस्तानले भारतका चार जासुसलाई हिरासतमा लिएपछी कबीर आनन्द नामका शिक्षक (इमरान हाश्मी) लाई गुप्तचरको रूपमा पठाइन्छ । सिरिज बिलाल सिद्दीकीको बुक 'बार्ड ऑफ ब्लड'मा आधारित छ । सिरिज २७ सेप्टेम्बर बाट रिलिज हुनेछ ।