आमिर खान र सलमान खान अभिनीत सन् १९९४को सफल चलचित्र ‘अन्दाज अपना अपना’ को सिक्वेल बन्ने भएको छ । जसमा फेरी यही जोडिलाई देखिने पक्का भएको छ । आजका निकै चर्चित व्यस्त र अलग पहिचान बनाउन सफल यी दुई अभिनेताले स्क्रिन साझेदारी नगरेको वर्षौँ भैसकेको छ । अब भने यी दुई अभिनेताका फ्यानले एकसाथ दुईलाई एउटै चलचित्रमा देख्ने अवसर पाउने भएका हुन् । चलचित्रमा करिश्मा कपुर र रवीना टन्डनको गेस्ट अपीरियन्स पनि हुने बताइएको छ ।
फिल्मको ७० प्रतिशत सिन लेखिसकिएको छ जसमा पनि अमर-प्रेमको कहानी पहिलो भागसँग मिलाइएको छ । राजकुमार सन्तोषीले फिल्मको निर्देशन गर्ने फिल्ममा लाई सलमान र आमिरले नै निर्माण गर्ने भएका छन् । यस पटक नयाँ अनुहारले पनि चलचित्रमा स्थान पाउने बुझिएको छ ।