कुनै पनि कलाकार ट्रोलको सिकार हुन सक्छन् । कोही जानी जानी गरेको कामबाट आलोचित हुन्छन् भने कसैलाई यसको पत्तो हुँदैन । कुन बेला कुन कलाकारले मजाक बन्नु पर्छ थाहा नहुने भैसकेको छ । यति बेला बलिउड नायिका जान्वी कपुर ट्रोलको सिकार भइरहेकी छिन् । दिल्लीको एक पुस्तक विमोचनमा पुगेकी उनको एउटा तस्बिर एकाएक सामाजिक सञ्जालमा भाइरल भयो , त्यो पनि मजाकका साथ । उनले विमोचन गरेको किताब उल्टो समातेकी थिइन् । 'कलिङ सहमत' नामक पुस्तक विमोचनमा जान्वीले खिचिएको तस्बिर एकाएक भाइरल भएको हो ।