चलचित्र ‘लभ आजकल २’मा एकसाथ काम गरेका बलिउडका नायक कार्तिक आर्यन र नायिका साराअली खान केही समय यता प्रेम सम्बन्धमा छन् । साराको क्रस रहेका आर्यन र उनको सम्बन्ध मित्रता हुँदै प्रेमसम्म अगाडी बढेको हो । केही दिन अगाडि मात्र कार्तिकलाई लिन सारा विमानस्थल पुगेकी थिइन् यसै गरी कार्तिकका पितालाई भेट्न सारा मुम्बईको एक अस्पतालमा पनि पुगेकी थिइन् । यसबाट उनीहरू एक अर्काको निकै निकट रहेको र यसमा परिवारको पनि साथ रहेको बुझिन्छ । सारालाई कार्तिकको परिवारले समेत स्वीकार गरेको भारतीय मिडियामा उल्लेख छ भने साराकी आमा अमृता सिंहले पनि कार्तिकलाई मन पराएको कुरा बलिउड मिडियाले उदृत गरिरहेका छन् ।