बलिउड अभिनेता अनुपम खेर र अभिनेत्री किरण खेरलाई नचिन्ने सायदै कोही चलचित्र प्रेमी होलान् । ३४ वर्ष अघि वैवाहिक सम्बन्धमा बाँधिएको यो जोडीको आज विवाह वर्ष गाँठ परेको छ । यसैको उपलक्ष्यमा अनुपमले आफ्नो विवाहको तस्बिर सार्वजनिक गर्दै किरणलाई शुभकामना दिएका छन् । उनले किरणलाई सम्बोधन गर्दै '३४ वर्ष बितिसक्यो तर लाग्छ यो सब हिजो को मात्रै कुरा हो । यती लामो यात्रा तय गरिसकेका छौँ हामी सँगै बाँचेका पलहरूलाई निकै प्रेम गर्छु भनेका छन्' ।

३४औँ एनिभर्सरी मनाउँदै अनुपम र किरण खेर

चन्डीगढ थिएटरमा सँगै काम गरेका उनीहरू को मित्रता प्रेममा परिणत भएको थियो र उनीहरूले विवाह गरेका थिए । किरणको पहिल्यै विवाह भैसकेको थियो र उनको एक छोरा पनि थिए तर उनी आफ्नो वैवाहिक जीवनसँग खुसी थिइनन् । किरण र अनुपमाका कुनै सन्तान छैनन् तर किरणका पहिला छोरा सिकन्दरलाई उनीहरू आफ्नै सन्तानको रुपमम हेर्ने बताउँछन् ।