भदौ १३ गते देखि रिलिज हुने प्रभास स्टारर बलिउड प्रतीक्षित चलचित्र 'साहो' भारतमा १० हजार स्क्रिन्समा रिलिज हुँदैछ । ‘साहो’ले रिलिज भन्दा अगाडी नै स्क्रिन्स शेयरिङको नयाँ रेकर्ड बनाएको छ । १० हजार स्क्रिन्समा रिलिज हुँदा रजनीकान्तको फिल्म ‘२.०’ र ‘बाहुबली’को रेकर्ड तोडेको हो । धेरै राम्रो स्क्रिन्स पाएको र रिलिजको पहिलो दिनमा भारु. ७५ करोड भन्दा बढी कमाउन सक्ने अनुमान भारतीय ट्रेन्ड एनालिन्स्टहरुले अनुमान लगाएका छन् ।
'साहो' हिन्दी, तमिल, तेलुगू र मलायम गरी चार भाषामा रिलिज हुँदैछ । यस चलचित्रमा प्रभासको साथमा श्रद्धा कपुरको पनि अभिनय छ यी दुईको केमेस्ट्री र एक्सन हेर्न दर्शक निकै आतुर छन् ।