ताहिर राज भसीनको आगामी चलचित्र 'छिछोरे' को लागी उनले क्यारेक्टर निभाउन अपनाएको चलाखी पनको बारेमा खुलाएका छन् । इन्जिनियरिङ कलेजका एक विद्यार्थी डेरेकको भूमिका निभाएका उनी पर्दामा चेन स्मोकरको भूमिकामा देखिनेछन् । चलचित्र भरी उनी चुरोट तानिरहेको देखिनेछन् । चलचित्रको भूमिकामा चेन स्मोकरको रूपमा प्रस्तुत भएका ताहिर वास्तविक जीवनमा भने चुरोट पिउँदैनन् । चलचित्रमा यथार्थ पन ल्याउन र वास्तविक चुरोट पिएको सिन सृजना गर्न ताहिर र टिमले नयाँ उपाय अपनाएको उनले खुलाएका छन् ।

आफू चुरोट कहिल्यै नपिउने र स्वास्थ्य प्रति सजक भएका कारण विकल्प खोज्ने क्रममा ग्रिन टी र तुलसी वाला चुरोटको सहायता लिएको बताएका छन् । चुरोटको २०० खिल्लीमा निकोटिन युक्त पदार्थ परिवर्तन गरेर ग्रिन टि र तुलसी पत्ता राखिएको थियो जुन पिउँदा चुरोटको जस्तै धुवाँ आउने तर कुनै असार गर्दैन थियो । यसरी आफूले अर्ग्यानिक चुरोटले काम चलाएको उनले बताएका हुन् ।