बलिउडका किङ्ग खानको रूपमा चिनिएका अभिनेता साहरुख खान यशराज फिल्मस्ले निर्माण गर्ने एक्सन चलचित्रमा काम गर्ने भएका छन् । पछिल्लो समय लगातार उनी अभिनीत चलचित्र असफल भए पछि साहरुख केही समय चलचित्रमा हात हाल्न हच्केका थिए । भारतीय मिडियामा अनुसार भारतकै सबैभन्दा ठुलो एक्सन चलचित्र भनिएको उक्त चलचित्रमा साहरुखले साइन गरिसकेका छन् ।

यशराज फिल्मस् स्थापनाको ५० औैं वर्ष पुगेको अवसरमा यो चलचित्रको घोषणा हुनेछ भने यो चलचित्रलाई अलि अब्बास जफरले निर्देशन गर्ने पक्का भएको छ । अलि आफैले नयाँ चलचित्रको स्क्रिप्टको काम लगभग सकिएको उल्लेख गरेका छन् । अलि निर्देशित ‘टाइगर जिन्दा हे, सुल्तान’ जस्ता चलचित्र भारतमा ब्लकबस्टर मानिन्छन् ।