बलिउडका निर्देशक सुभाष कपुरलाई यौन दुर्व्यवहारको आरोप लागेपछि अभिनेता आमिर खानले केही समय अगाडि आफू उनी निर्देशित चलचित्र ‘मोगुल’मा काम गर्न तयार नभएको बताएका थिए । तर, अब आमिरले सुभाषको चलचित्र ‘मोगुल’मा काम गर्नका लागि आफू तयार भएको जानकारी दिएका छन् । उनले गतबर्षको अक्टोबरमा आफूले ट्विट नै गरेर चलचित्रमा काम नगर्ने बताएको तर आफ्नो मनले जे भन्छ त्यही नै गर्ने भएकाले आलोचना खेप्नु परे पनि सुभाषसँग काम गर्ने बताएका छन् ।

गुलसन कुमारको जीवन कथामाथि निर्माण हुने यस चलचित्रमा आमिरले  गुलसन कुमारको भूमिका निभाउने छन् । मिस्टर पर्फेक्सनिस्टको रुपमा चिनिएका आमिरले आफुले नकारेको काममा त्यसै हात हाल्ने जोखिम भने पक्कै मोलेका होईनन् । बरु उनलाई भारतिय सङ्गीत क्षेत्रका महारथी को जिवनमा आधारित मोगुल छुटाउन नचाहेका हुन् कि ?