ऋतिक रोशन र टाइगर श्रफ स्टारर बलिउड चलचित्र 'वार' निकै प्रतीक्षारत छ । २ अक्टोबरमा रिलिज हुने यस चलचित्र लाई लिएर विभिन्न चर्चा यति बेला बजारमा छन् । फरक समयका निकै चर्चित र दर्शकले मन पराएका ॠतिक र टाइगरका आ-आफ्ना फ्यान अलोअर्स छन् । एक्सन जनरामा निर्माण भएको चलचित्रमा टाइगरले दिएको एक्सन सिनको निर्देशक सिद्धार्थ आनन्दले तारिफ गरेका छन् । उनका अनुसार टाइगरले २ .३० मिनेट लामो एक्सन सिन पनि उनले एकै टेकमा सुट गरेका थिए ।
उनले विभिन्न अन्तर्वार्तामा भनेका छन् कि टाइगर अहिलेसम्मकै फरक स्वरूपमा देखिनेछन् । उनी हुँदैन थिए भने चलचित्र कहिल्यै अहिले जस्तो बन्ने थिएन । ट्रेलर लगायत सामाग्रीमा टाइगरको एक्सन र लुक्स दर्शकले निकै रुचाएका छन् । ॠतिक र टाइगरको यो वारलाई दर्शकले व्यग्र प्रतीक्षा गरिरहेका छन् ।