‘द डर्टि पिक्चर’ बाट निकै तारिफ र थुप्रै अवार्ड समेत हात पारेकी बलिउड अभिनेत्री विद्या बालन लाई उत्कृष्ट अभिनय गर्ने अभिनेत्री को रूपमा हेर्ने गरिन्छ । पछिल्लो समय उनी अभिनीत चलचित्र ‘मिसन मंगल’ले बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेको छ । यति बेला उनी एक महिलाको बायोपिक चलचित्रमा काम गर्ने तयारीमा छिन् । ‘शकुन्तला देवी’ नाम जुराइएको चलचित्र सोनी पिक्चर्स नेटवर्क प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रले ‘दि ह्यूमन कम्प्युटर’को उपनाम पाएकी शकुन्तला देवीको जीवन कथा भन्नेछ । ६ वर्ष अघि निधन भइसकेको शकुन्तला देवी असामान्य गणितीय क्षमता भएकी महिला थिइन् । विद्याले यो चलचित्रका लागि आफू निकै उत्साहित रहेको बताएकी छन् । चलचित्रको विध्याको फस्टलुक सार्वजनिक गरिएको छ जसमा विद्याले रातो सारी लगाएकी छिन् ।
उनी भन्छिन्, “उहाँ वास्तवमा यस्मो मानिस हुनुहुन्थ्यो जो आफ्नो व्यक्तित्वलाई स्विकार्नुभयो, उहाँ एक बलियो नारीवादी आवाज हुनुहुन्थ्यो । सफलताको शिखरसम्म पुग्न उहाँले हौसलाका साथ आलोचनाको पनि सामना गर्नुपरेको थियो ।” चलचित्रलाई अनु मेननले निर्देशन गर्नेछन् । चलचित्रको कथा स्वयं निर्देशक र नयनिका महतानीले लेखेका हुन भने पटकथा तथा सम्वाद इशिता मोइत्राको हो । चलचित्र २०१९ को अन्तिमदेखि छायाङ्कन सुरु गरेर २०२० सम्म प्रदर्शनमा ल्याउने बताइएको छ ।