तेलुगू चलचित्र ‘अर्जुन रेड्डी’ स्टार विजय देवरकोन्डाको नयाँ चलचित्र ‘वल्ड फेमस लभर’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । विजयलाई फर्स्टलुक पोस्टरमा निकै आक्रामक, घायल र रिसाहा अवतारमा देखाइएको छ । लभस्टोरी कथामा आधारित रहने चलचित्रमा सम्भवतः उनी एक घायल र इन्टेन्स प्रेमीको भूमिकामा देखिनेछन् । सार्वजनिक पोस्टर उनको पछिल्लो चलचित्र ‘अर्जुन रेड्डी’ मा उनले निभाएको भूमिकाको झल्को दिने खालको छ ।
पछिल्लो समय विजय चलचित्र ‘डियर कमरेड’मा देखिएका थिए तर यस फिल्मले खासै सम्झन योग्य व्यापार गर्न सकेन । उनको आगामी चलचित्र ‘वल्ड फेमस लभर’ भने ‘स्योर सट हिट’ चलचित्रको रूपमा लिन थालिएको छ । पोस्टरमा देखिएको उनको लुक्सले चलचित्रप्रति निकै उत्सुकता थपिदिएको छ । क्रान्ति माधवको निर्देशन गर्ने चलचित्रमा राशि खन्ना, क्याथरीन ट्रेसा, ऐश्वर्या राजेश, इजाबेल लेईटलगायतका कलाकारहरूको अभिनय रहनेछ । भने केए वल्लभले निर्माण गर्नेछन् ।