बलिउड चलचित्र ‘वार’ले सोचे अनुसारको सफलता पाइरहेको छ । ॠतिक रोशन र टाइगर श्रोफले पहिलो पटक एकसाथ काम गरेको यस चलचित्र दुवै अभिनेताको करियरमा निकै सफल चलचित्रको रूपमा स्थापित भयो । एक्सन स्टार ॠतिकले 'वार'को सफलता सँगै चलचित्र ‘सत्ते पे सत्ता’को रिमेकमा काम गर्ने भएका छन् । सन १९८२ मा बनेको चलचित्र ‘सत्ते पे सत्ता’को रिमेकमा फरा खान र रोहित सेट्टि संयुक्त रूपमा काम गर्दै छन् । भने चलचित्रको नाम  ‘सेवन’ तय गरिएको खबर आएको छ । राज सिप्पिको निर्देशन, रोमु सिप्पिको निर्माण तथा सतिस भटनागर, कदेर खान र ज्योति स्वरूपको संयुक्त लेखनमा बनेको एक्सन चलचित्र ‘सत्ते पे सत्ता’मा अमिताभ बच्चन, हेमा मालिनी, रजनीता कौर, अमजद खान लगायतका कलाकार मुख्य भूमिकामा देखिएका थिए ।

अब बन्ने रिमेकमा ॠतिकको साथमा कुन कुन कलाकार अटाउने हुन् त्यो सार्वजनिक भैसकेको छैन । केही अघि अभिनेत्री को भूमिकामा दीपिका पादुकोन, कट्रिना क्याफ लगायतका अभिनेत्रीको चर्चा भए पनि अहिले भने अनुश्का शर्मा रहने चर्चा छ। चलचित्रलाई रोहितले निर्माण गर्नेछन् भने फरा निर्देशन गर्नेछिन् । चलचित्रमा सात दाजुभाइको कथा रहनेछ । जसमा अमिताभ मुख्य भूमिकामा थिए ।