लेखक तथा कलाकार उपेन्द्र सुब्बाले चलचित्र निर्देशन गर्ने भएका छन् । केही समय अघि नै चलचित्र निर्माण हुने पक्का भैसकेको थियो भने चलचित्रको बारे थप जानकारी सार्वजनिक गरिएको थिएन । सुब्बाको निर्देशनमा चलचित्र निर्माण हुने पक्का भएको छ भने चलचित्रको लागि लिड कास्ट फाइनल भएका छन् । चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर लिड रोलमा पक्का भएका छन्। पहिलो पल्ट चलचित्रमा यी दुईको रोमान्स देखिने भएको छ ।
कात्तिक १४ गतेबाट छायाङ्कन सुरु गरिने चलचित्रको नाम भने जुराइसकिएको छैन । चलचित्रको सम्पूर्ण तयारी पुरा भएको र छायाङ्कनको लागी टिम छिट्टै पाँचथर तर्फ लाग्ने बुझिएको छ । दर्शकलाई हलमा तान्न खासै नसकेकी मिरुनाको लागी दयाहाङसँगको यो सहकार्यले केही राहत दिन सक्ने आशा गर्न सकिन्छ ।