बलिउडकी सदाबहार नायिका तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन आज आफ्नो ४६ औँ जन्मदिन मनाउँदै छिन् । जन्मदिनको अवसरमा ऐश्वर्यालाई उनका श्रीमान् अभिषेक  बच्चनले निकै रोमान्टिक तरिकाले शुभकामना दिएका छन् । यति बेला छोरी आरध्या बच्चन र श्रीमान् अभिषेक बच्चनका साथमा रोममा रहेकी उनलाई अभिषेकले उनलाई राजकुमारी भन्दै जन्मदिनको शुभकामना दिएका छन् । न्युड कलरको गाउनमा राजकुमारी भन्दा कम नदेखिएकी ऐश्वर्याको तस्बिर सहित आफ्नो इन्स्टाग्राममा शुभकामना दिएका थिए । जुन पोस्टमा बिपाशा बासु, जेनेलिया डिसुजा, रितेश देशमुख्, सोनाली बेन्द्रे, सुनिल शेट्टी लगायत ले शुभकामना दिएका थिए । खबर अनुसार अभिषेकले ऐश्वर्याको लागी सर्प्राइज बर्थडे पार्टी आयोजना गरेका छन् जसमा उनीहरू निकट साथी तथा परिवार सहभागी हुनेछन् ।