आगामी वर्षका भारतका मुख्य चाड र सार्वजनिक बिदालाई नायक सलमान खानले कब्जा गरिसकेका छन् । आगामी नयाँ वर्षको अवसर पारेर सलमानकै ‘दबंग ३’ आउने भएको छ । यसै चलचित्रको प्रचारप्रसारको लागी उनी व्यस्त छन् । यसैबिच सलमानले सन् २०२० को इदमा रिलिज हुने भनिएको चलचित्र ‘राधे’को छायाङ्कन सुरु गरेका छन् । सलमान आफैले सामाजिक सञ्जालबाट चलचित्रको छायाङ्कन सुरु भएको खुलाएका छन् । चलचित्रमा सलमानको साथमा नायिका दिशा पटानीको अभिनय रहनेछ । कोरियन चलचित्रको रिमेक 'राधे'लाई प्रभु देवाले निर्देशन गर्दै छन् । साथमा चलचित्रमा रणदिप हुड्डाको पनि मुख्य भूमिका रहनेछ ।