भारतीय हास्य कलाकार कपिल शर्माले डिसेम्बर ११ देखि केही पनि काम नगर्ने भएका छन् । उनी चाँडै नै पिता बन्न लागेका छन् र उनका अनुसार उनी केही समय आफ्नी श्रीमती गिन्नी चतरथसँग समय बिताउन चाहन्छन् । उनको प्रसव समयमा कपिल सँगै हुन चाहन्छन् र पूरा समय निजी जीवनमा व्यथित गर्न चाहन्छन् । केही समय अघि पनि उनले सँग समय बिताउनका लागि ‘द कपिल शर्मा’ सोबाट १० दिन ब्रेक लिएर उनको साथमा क्यानडा गएका थिए । डिसेम्बर ११ देखि छुट्टीमा बस्ने उनी नयाँ वर्षमा पनि कुनै पनि प्रोफेशनल कमिटमेन्ट लिन नचाहेको बुझिएको छ । केही समय परिवार र उनको सन्तानसँग बिताएर ‘द कपिल शर्मा’ शोमा उनी पुनः जनवरीको पहिलो हप्ताबाट फिर्ता हुनेछन् ।