बेला बेलामा विभिन्न कुराले विवादमा तानिने बलिउड अभिनेत्री कङ्गना रनावत यति बेला पारिश्रमिकको कुराले मिडियामा छाइरहेको छिन् । बलिउड मिडियाका अनुसार हालै उनले एक चलचित्रको लागी २५ करोड भारु लिएकी छिन् । यो पारिश्रमिक बलिउड नायिकाले लिएको अहिलेसम्म कै सर्वाधिक महँगो पारिश्रमिक हो । केही दिन अघि बलिउड अभिनेता अक्षय कुमारले १०० करोड भारु पारिश्रमिक मागेको कुराले बलिउडमा चर्चा छाइरहेको थियो । यति बेला त्यो ठाउँ कङ्गनाले लिएकी छिन् ।  कङ्गनाले महँगो पारिश्रमिक लिएको भनिएको चलचित्र ‘पंगा’ अब रिलिज हुने तयारीमा छ । २४ जनवरीमा रिलिज हुने यस फिल्ममा कङ्गना राष्ट्रिय कबड्डी खेलाडीका रूपमा देखिनेछिन् ।