कुनै पनि कलाकारको फ्यान भएकै कारण कुनै श्रीमानले आफ्नै श्रीमती को हत्या गर्न सक्लान् ? अमेरिकामा ३३ वर्षीय एक युवकले पुरुष कलाकारको फ्यान भएकै कारण आफ्नी पत्नीको हत्या गरेका छन् । श्रीमती बलिउड अभिनेता ऋतिक रोशनको फ्यान भएकाले न्यु योर्क निवासी दिनेश्वर बुद्धिदतले आफ्नी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । पत्नीको हत्या गरेपछि उनले झुन्डिएर आत्महत्या गरेका छन् । उनीहरूको चार महिना अघि मात्र विवाह भएको थियो । हत्या गरेपछि दिनेश्वरले पत्नीको बहिनीलाई म्यासेज गरेर हत्याको जानकारी दिएका थिए । साथै उनले घरको चाबी गमलाको तल राखेको समेत बताएका थिए । सोधपुछको क्रममा पत्नीकी एक साथीले डोनेलाई बलिउड अभिनेता ऋतिक रोशन एकदमै मन पर्ने र उनको सेलेब क्रस समेत रहेको बताइन् । जुन कुरा उनको श्रीमानलाई पटक्कै मन पर्दैन थ्यो । डोनेले टिभीमा ऋतिकको फिल्म हेर्दा पनि टीभी बन्द गरिदिन्थे । ऋतिककै फ्यान भएको कारण डोन र दिनेश्वरको पहिला पनि झगडा समेत परेको थियो ।