बलिउड अभिनेत्री परिणीति चोपडा यति बेला भारतकी सफल ब्याडमिन्टन खेलाडी सायना नेहवालको बायोपिकको सुटिङमा व्यस्त छिन् । उनले आफूलाई सायना नेहवालको चरित्रमा ढाल्न जिम लगायत शारीरिक फिटनेस गरिरहेकी छिन् । यसै क्रममा परिणिती सुटिङ गर्दा घाइते भएको खबर बाहिरिएको छ । परिणीतिले शुटको क्रममा आफ्नो घाँटीमा चोटपटक लागेको उल्लेख गर्दै सामाजिक संन्जालमा तस्बिर पोस्ट गरेकी छिन् । उनले आफू र चलचित्रको टिम उनलाई चोटपटक नलागोस् भनेर हर सम्भव प्रयासमा रहेको तर अकस्मात आफूलाई चोट लागेको बताएकी छिन् साथमा आफू जबसम्म ब्याडमिन्टन सकुशल खेल्न सक्ने अवस्थामा पुग्दिन तबसम्म आराम गर्ने पनि उल्लेख गरेकी छिन् ।