पछिल्लो समय बलिउड अभिनेता आयुस्मान खुराना दर्शक मात्रले होइन चलचित्र मेकर्सले पनि निकै रुचाउने र खोज्ने नाम बनेको छ । यसको कारण हो उनी अभिनीत चलचित्र एक पछि अर्को ब्लक बस्टर साबित हुनु । बलिउडका 'हिट मेसिन' भनेर चिनिन थालेका अभिनेता आयुस्मान अभिनीत बाला'ले एक सय करोड भारु कमाइ गरिसकेको छ । जम्मा २५ करोड भारुको लगानीमा निर्माण भएको यस चलचित्रले आयुस्मानदेखि निर्माता-निर्देशक र पुरै फिल्म टोली उत्साहित भएको बलिउड मिडियाहरूले लेखिरहेका छन् । एक सय करोड भारु कमाउनु भनेको कतिपय ठुला ब्यानरका सुपरस्टार कास्ट भएका चलचित्रलाई पनि मुस्किल पर्ने गरेको छ । अमर कौशिकको निर्देशनमा बनेको 'बाला'मा आयुष्मानका अलावा भूमि पेडनेकर, यमी गौतम, सीमा पाहवा, जावेद जाफरी तथा सौरभ शुक्लाको प्रमुख भूमिका छ ।

'बाला' ले सुरुको दिमा नै दस करोड भारुको ओपनिङ गरेको थितो । चलचित्रले २५ वर्षको उमेरबाट आफ्नो कपाल गुमाउन थालेको एक युवकको भोगाइको कथा भन्छ । सन् २०१२ मा 'विक्की डोनर'मार्फत बलिउड प्रवेश गरेका आयुस्मानले हालसम्म १३ वटा फिल्म खेले जुन सबै कम बजेटका थिए । यीमध्ये उनका ९ वटा फिल्म हिट छन् जसमा सबैले सय करोड माथि नै कमाइ गरेका छन् यसैले त उनलाई हिट मेसिन मनिन थालिएको छ । 'बाला' को कमाइ अझै बढ्ने सम्भावना छ । आयुस्मान आफ्नो नयाँ चलचित्र 'शुभ मङ्गल ज्यादा सावधान'को तयारीमा व्यस्त छन् । यसअघि उनी अमिताभ बच्चनसँगै 'गुलाबो सिताबो' मा देखिनेछन्। 'शुभ मङ्गल ज्यादा सावधान' मा उनले समलिङ्गीको भूमिका निर्वाह गर्दै छन् ।