विश्व बक्स अफिसमा १ बिलियन डलर कमाउन सफल हलिउड चलचित्र 'जोकर' दोस्रो श्रृंखला निर्माण हुने भएको छ । ज्याकिन फिनिक्सले निर्देशक टड फिलिप्ससँग दोस्रो पटक सहकार्य गर्ने खबर हलिउड रिपोर्टर म्यागेजिनले लेखेको छ । डिसी कमिक्समा आधारित फिल्मले १ बिलियन कमाएको यो चौथोपटक हो । २०१८ मा आक्वाम्यानले (१.१५ बिलियन), २०१२ को द डार्क नाइट राइजेजले १.०८ बिलियन, द डार्क नाइटले १ बिलियन कमाएका थिए । विश्वभरका दर्शकले रुचाएको यस चलचित्रको सिक्वेल बनाउन निर्देशक फिलिप्स र वार्नर ब्रोज प्रमुख टबी एमेरिकबीच छलफल भएको छ ।