चलचित्र क्षेत्रमा आबद्ध जोडीको सम्बन्ध विच्छेद हुनु सामान्य जस्तै भैसकेको छ । वर्षौँको वैवाहिक सम्बन्ध पनि विच्छेद भएको घटना हामीमाझ आइरहेका हुन्छन् । विश्वभर नै यसको सङ्ख्या बढ्दो क्रममा छ । भर्खर बलिउड अभिनेता अर्जुन रामपाल र मोडल मेहर जेसियाको औपचारिक रूपमा सम्बन्ध विच्छेद भएको खबर बाहिरिएको छ । आफूहरू अलग रहेको कुरा भने रामपालले गएको वर्ष नै घोषणा गरेका थिए । विवाहको २१ वर्ष पछि उनीहरूको सम्बन्ध विच्छेद भएको हो । बान्द्रा फेमिली कोर्टले उनीहरूको सम्बन्ध विच्छेदलाई मान्यता दिएको हो । कोर्टकै फैसला अनुसार मेहर र अर्जुनका दुई छोरी आमासँग रहनेछिन् । सन २०१८ मा नै अर्जुनले आफू र मेहर अलग बस्ने घोषणा गरेका थिए । जति बेला उनले निकै भावुक कुरा साझेदारी गरेका थिए । उनले 'प्रेम र प्रेमिल यादहरूले भरिएका २० वर्षको यात्रापछि अब हाम्रो बाटो अलग भएको छ । हामीलाई लाग्छ कि हाम्रो अलग दिशामा जाने बेला आयो' भनेका थिए । अहिले दक्षिण अफ्रिकी मोडल तथा अभिनेत्री गेब्रियला डेमेट्रियड्ससँग लिभिङ टुगेदरमा छन् र उनीहरूको एक छोरा पनि छ । जसको कहीँ महिना अघि जन्म भएको थियो । सम्भवतः मेहरसँगको सम्बन्ध विच्छेद पछि गेब्रियलासँग अर्जुनले कानुनी विवाह गर्ने छन् ।