याहु इन्डियाले सन् २०१९ मा बलिउडमा धेरै बढी खोजिने सेलीब्रेटीको सुची सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको ‘इयर इन रिभ्यु २०१९’ सूचीमा बलिउडमा सबैभन्दा धेरै खोजिने सेलीब्रेटीमा अभिनेता सलमान खान र अभिनेत्री सन्‍नी लियोनी परेका छन् । भने ‘इयर इन रिभ्यु २०१९’ सूचीमा पुरुष स्टाइल आइकन तर्फ अभिनेता ऋतिक रोशन परेका छन् । यस्तै महिला स्टाइल आइकनमा अभिनेत्री सारा अलि खान परेकी छिन् । यस वर्षको बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल चलचित्र 'वार'ले ॠतिकलाई दर्शकको नजरमा फेरी एक पटक सुपर स्टारको नमुना बनाइदियो भने केदारनाथ, सीम्वाले सारालाई फिल्म फेयर अवार्डको दाबेदार बनाइदियो । यसका साथै सलमान र सन्नी बलिउडका डिमान्डेट आइकन नै मानिन्छन् ।