बलिउड चलचित्र ‘जयसभाई जोरदार’मा नायक रणवीर सिंहको गेट अप सार्वजनिक भएको छ । मङ्गलवारबाट छायाङ्कन सुरु भएको यस चलचित्र चलचित्रमा रणवीर गुजराती युवकको भूमिकामा देखिँदै छन् । आकर्षक गेट अपमा उनले जुँगा छोटो कपाल राखेका छन् जसमा उनलाई कमेडी चरित्रमा भएको अनुमान गर्न सकिन्छ । रणवीरले चलचित्रमा रहेको आफ्नो भूमिका बारे ‘तपाईँ चार्ली चाप्लिनलाई हेर्न सक्नुहुन्छ । तपाइले अरूलाई हँसाउने क्रममा आफ्नो पीडा लुकाउन सक्नुपर्छ ।’ भनेका छन् । उनले यसै विषयमा केन्द्रित पात्रको भूमिका निभाएको भनेका छन् । भने आफूमाथि धम्की आएको समयमा पनि एउटा पात्रले कसरी अविश्वसनीय काम गरेर त्यसलाई किनारा लगाउँछ भन्ने विषयमा चलचित्र बन्न लागेको रणवीरले बताएका छन् । मनिष शर्माले निर्माण र दिव्याङ्ग ठक्करले निर्देशन गर्ने चलचित्रमा निभाउने भूमिकालाई आफ्नो करिअरको चुनौतीपूर्ण समेत भनेका छन् । रणवीर सिंह अहिले चलचित्र ‘कबिर खान–८३’मा काम गरिरहेका छन् । जसमा उनी कपिल देवको भूमिकामा गर्दै छन् ।