अभिनेता अक्षय कुमार बलिउडका हिट मेसिन नै हुन । उनले अभिनय गरेका सबै चलचित्रले यो वर्ष बक्स अफिसमा तहल्का नै मच्चायो । उनको अर्को प्रतीक्षित चलचित्र 'गुड न्युज' प्रदर्शनको सँघारमा छ जसलाई दर्शकले निकै प्रतीक्षा गरिरहेका छन् । उनले ‘गुड न्युज’ को एक कार्यक्रममा प्रायः नयाँ निर्देशनसँग काम गर्ने गरेका उनले आफूलाई ठुला निर्देशकले चलचित्रमा नलिने भएकाले नयाँसँग काम गर्नु परेको खोलेका छन् । उनले भनेका छन्, ‘जब ठुला मान्छे तपाईँलाई लिन हिचकिचाउँछन् तब आफ्नो यात्रा आफैँ सुरु गर्नुपर्छ । जब ठुलो पब्लिकेशनमा तपाईँको जागिर हुँदैन तब तपाईँ सानोतिनो पब्लिकेशनको तर्फ जानुहुन्छ । त्यहाँबाट तपाईँले छलाङ मार्नुहुन्छ । किन मान्छेले मलाई राखिरहेका छैनन् भन्ने सोचेर तपाईँ घरमा खाली बस्न सक्नुहुन्न, जबकि तपाईँ एकदम सक्षम हुनुहुन्छ ।’ योसँगै आफूले डिजर्भ नगर्ने भएर आफू ठुला निर्देशकको आँखामा नपरेको हुनसक्ने सोचेर आफ्नो निजी बाटो सुरु गरेको बताएका छन् । उनले अहिले पनि आफूसँग ठुला निर्देशक काम गर्न नचाहने भनेका छन् । क्रिसमसको अवसर पारेर डिसेम्बर २७ देखि प्रदर्शनमा आउन लागेको चलचित्रमा अक्षय सहित करिना कपुर, दिलजित दोसांझ र कियरा अडवानी मुख्य भूमिकामा रहेका छन् ।