बलिउड निर्माता करण जोहरको आगामी चलचित्रमा अहिलेकी निकै डिमान्डेड नायिका दीपिका पादुकोणले काम गर्ने पक्का भएको छ । यी दुईले चलचित्र ‘ए जवानी हे दिवानी’मा सहकार्य गरेका थिए । भारतीय मिडियामा अनुसार, दीपिकाले करणले बनाउन लागेको नयाँ चलचित्रमा काम गर्ने पक्का भइसकेको छ । यो चलचित्रलाई साकुन बात्राले निर्देशन गर्दै छन् । बात्राले करणकै ब्यानरमा निर्माण भएको ‘कपुर एन्ड सन्स’ निर्देशन गरेका थिए । दीपिका र रणवीर कपुर करणका मन पर्ने कलाकार हुन् यस चलचित्रमा दीपिकाको अपोजिटमा को हुने छन् त्यो सार्वजनिक गरिसकेका छैनन् । खबर अनुसार महिला केन्द्रित रहने यस चलचित्रको स्क्रिप्ट पढे लगत्तै दीपिका काम गर्न राजी भएकी थिइन् । यति बेला दीपिका क्रिकेटर कपिल देवको जीवनी मा आधारित चलचित्र '८३'मा उनकै पति रणवीरसँग काम गरिरहेकी छिन् ।